काठमाडौं,२ फागुन- नेपाल प्रहरीका प्राविधिक तर्फका एआइजी डा. दिनेशचन्द्र पोखरेललाई नेपाल प्रहरीको निमित्त प्रमुख बनाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
सोमवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकबाट सो निर्णय गरिएको हो ।
नेपाल प्रहरीले केन्द्रीय प्रवक्ताका रुपमा प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । प्रहरी आइजीपी उपेन्द्रकान्त अर्यालले सोमवार रातिबाट अवकाश लिँदैछन् ।