काठमाडौं, १८ असार – पाकिस्तानका पूर्वक्रिकेटर तथा राजनीतिकर्मी रेहम खानले ट्विटरमा नक्कली दाह्रीसहितको तस्वीर राखेपछि उनी ट्रोल भएकी छन् ।
रेहमले फोटोशप गरेर दाह्रीवाला अनुहारको तस्वीर ट्वीट गरेकी छन् ।
रेहमले दाह्रीवाल तस्वीरका साथ लेखिन्, ‘केही समयअघि मलाई राजनीतिक दलमा भर्ना हुने अफर आएको थियो । मैले आफ्नो अनुहार ढाक्न सक्दिनँ होला भनेकी थिएँ तर दाह्री चाहिँ पाल्छु । यो ममा आकर्षक देखिन्छ ।
So a while ago I was offered to join a party. I said I might not be able to cover my face but I could grow a beard..looks rather fetching on me. pic.twitter.com/URXyfJc0jL
— Reham Khan (@RehamKhan1) June 29, 2018
अर्को दिन ट्विटरमा ३० लाखभन्दा बढी फलोअर भएका जिम्बाब्वेका मुफ्ती इस्माइल मेंकले रेहमको ट्वीटको जवाफमा लेखे, ‘म कहिले पनि पाकिस्तान गएको छैन र त्यहाँको राजनीतिका बारेमा पनि जानकारी छैन । तर केपटाउनमा
एउटा लेजर क्लिनिक छ जसले तपाईंलाई सहायता गर्नेछ ।’
एजेन्सी