काठमाडौं, १८ असार – भारतको तमिलनाडुमा एक मान्छेले बल्ब चोर्नका लागि गरेको मेहनत देख्दा हाँस्न मन लाग्छ । भाइरल भइरहेको यो भिडियोमा ती व्यक्तिले बल्ब चोर्नुअघि जे गर्छन्, त्यसले हाँसो लगाउँछ ।
बल्बमुनि उभिएर ती व्यक्तिले बाटोमा हिँडिरहेका मानिसलाई झुक्याउनका लागि कसेर व्यायाम गर्छन् । अनि मौका हेरेर सुट्ट बल्ब चोरिदिन्छन् ।
दुई मिनेटको भिडियो हेर्दा तपाईंलाई हाँसो लाग्नेछ ।
उक्त व्यक्तिले चोरी गर्नमा दिमाग लगाएको भएपनि आफ्नो गतिविधि सीसीटीभी क्यामरामा कैद भएको छ भन्ने थाहै पाएनन् ।
एजेन्सी