०८ असार २०८३, सोमबार

सञ्जू फिल्म हेरेर रोए सञ्जय दत्त, फिल्मले बनायो रेकर्ड

सञ्जू फिल्म हेरेर रोए सञ्जय दत्त, फिल्मले बनायो रेकर्ड

शुक्रबार रिलिज भएको फिल्म सञ्जूले बक्स अफिसमा धमाका मचाइरहेको छ । फिल्मले नयाँ रेकर्ड बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

फ्यान र बलिउडका हस्तीहरुले फिल्मको प्रशंसा गरिरहेका छन् । 

जसको बारेमा फिल्म बनेको हो उनको प्रतिक्रिया जान्ने इच्छा सबैमा हुन्छ । एक अन्तर्वार्तामा निर्देशक राजकुमार हिरानीले फिल्मबारे सञ्जय दत्तको प्रतिक्रिया बताएका छन् । 

उनले भने,‘सञ्जय दत्तलाई यो फिल्म निकै मन प¥यो । जब हामीले फिल्म सञ्जयलाई देखायौं तेतिवेला सञ्जयको अनुहार हेर्न लायक थियो । फिल्म सकिएपछि सञ्जय लगातार रोइरहेका थिए । जब सञ्जयले रणवीरलाई देखे तब उनले रुँदै अंगालो हाले’

उसो त सञ्जय दत्त मात्र एक्ला व्यक्ति होइनन् जो फिल्म हेरेर रोएका छन् । 

फिल्म सञ्जूमा यस्ता धेरै क्षण छन् जसलाई हेरेर धेरै दर्शक रोएका छन् ।

सञ्जू फिल्म यो सालको सबैभन्दा धेरै सुरुवाती कमाइ गर्ने फिल्म बनेको छ । 

फिल्मले पहिलो दिन ३४.७५ करोड रुपैयाँको कमाइ गरेको छ । दोस्रो दिन पनि फिल्मको कमाइले रेकर्ड कायम गरेको छ ।

यो फिल्मले ३८.६० करोड रुपैयाँ कमाई गरेर ७३.३५ करोडको कलेक्शन गरेको छ । कमाइँको आकडा अनुसार फिल्म पहिलो विकेन्डमा १०० करोडको क्लबमा सहभागी हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्