१७ असार २०८३, बुधबार

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रत्ननगर (चितवन) १८ असार – अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा आज ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परिरहेको र पहिरो खस्ने क्रमसमेत नरोकिएकाले अहिले पहिरो पन्छाउने काम शुरू गर्न नसकिएको प्रहरीले जनाएको छ । 

यसअघि आज बिहान तोपेखोला, जलविरे र मुग्लिन डाँडामा पहिरो खस्दा अवरुद्ध भएको यातायात बिहान ९ः१० बजे खुलेको थियो । अहिले तोपेखोलामा खसेको पहिरो भने निकै ठूलो रहेको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताए । 

ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदप्रसाद गौतमका अनुसार चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला नजिक पनि पहिरो गएर यातायातको आवागमन रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्