१८ असार २०८३, बिहीबार

लोकमानसिंह कार्कीले थालेको छानबिन धमाधम असफल हुँदै

कात्तिक २०, २०७४
लोकमानसिंह कार्कीले थालेको छानबिन धमाधम असफल हुँदै
काठमाडौं, ३ फागुन- आफूसँग फरक मत राख्ने र निर्देशन नमान्ने कर्मचारीमाथि अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले थालेको छानबिन धमाधम असफल हुँदै गएका छन् । कार्कीको बहिर्गमनपछि हालसम्म पाँच जनाको सम्पत्ति छानबिन तामेलीमा गइसकेको छ । अन्य व्यक्तिहरूमाथिको छानबिनसमेत किनारा लाग्ने क्रममा छ ।

कार्कीको निर्देशन पालना नगर्दा सम्पत्ति छानबिनमा परेका नेपाल प्रहरीका निवर्तमान अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको सम्पत्ति छानबिन गत सातामात्रै टुंगिएको छ । उनको अवैध आर्जन नदेखिएको निष्कर्षसहित अख्तियारले छानबिन टुंग्याएको हो । १३ पाने फाराम भराएर कार्कीले उनीमाथि अनुसन्धान थाल्न निर्देशन दिएका थिए । यसअघि पनि उनीमाथि अख्तियारले दुई वर्षको बीचमा तीनपटक सम्पत्ति छानबिन गरेर केही नभेटेपछि फाइल तामेलीमा राखिसकेको थियो । आजको कान्तिपुरमा समाचार छ । 


पछिल्लो संविधानसभा निर्वाचनलगत्तै नेपाल प्रहरीले प्रचलित बजार मूल्यभन्दा बढीमा हतियार खरिदको तयारी गर्दा भण्डारीले त्यसको विरोध गरेका थिए । तत्कालीन अख्तियार प्रमुख कार्कीको अस्वभाविक चासो जोडिएको हतियार खरिद प्रकरणमा एआईजी भण्डारीले बजार मूल्यभन्दा बढीमा किन्न नहुने अडान लिएपछि अख्तियारले उनीमाथि दोस्रोपटक छानबिन थालेको थियो । ‘इमानदार कर्मचारीहरूको वृत्तिविकास प्रभावित पार्ने उद्देश्यले योजनाबद्ध ढंगले छानबिन गरिएको हो,’ सोमबार अवकाश पाएका भण्डारीले आयोगमा आफूले दिएको बयान उद्धृत गर्दै कान्तिपुरसित भने, ‘आयोगका यस्ता क्रियाकलापले निष्ठापूर्वक काम गर्ने कर्मचारीमा विचलन नआउला भन्न सकिन्न । यसतर्फ आयोग सतर्क हुनुपर्छ ।’ पदोन्नति र वृत्तिविकासको अवसर आउँदा अख्तियारले हरेकपटक आफूमाथि पूर्वाग्रही छानबिन गरेको उनले बताए ।

कार्की नियुक्तिको विरोधमा तत्कालीन राष्ट्रपति रामवरण यादवलाई ज्ञापनपत्र बुझाउन जाने टोलीमा अधिवक्ता टीकाराम भट्टराई पनि थिए । आफ्ना विरोधीहरूको सूची बनाएका कार्कीले सोझै अधिवक्ता भट्टराईलाई छानबिनमा तान्न त सकेनन्, तर उनीमाथि निगरानी गर्ने क्रम जारी राखे ।

त्यसक्रममा भट्टराईकी पत्नी इन्दिरा दाहाल कानुन तथा संसदीय मामिला मन्त्रालयमा सह९सचिव रहेको थाहा पाएपछि कार्कीले गैरकानुनी सम्पत्ति आर्जनको फर्जी उजुरीमार्फत भट्टराई परिवारलाई आतंकित पार्ने रणनीति लिए ।

salt training

कमेन्ट गर्नुहोस्