
एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल एनसिएचआरसीसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।
सम्झौतामा नविल बैंकका प्रमुख विजनेश अफिस सुदेश उपाध्याय र एनसिएचआरसी का प्रमुख डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।
सम्झौता अनुसार नविलले भिसा डेविट तथा एनएबी क्रेडिट कार्डको प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिङ प्याकेज, रेडियोलोजी, ल्यावोरटोरी र बेड र्चामा दश प्रतिशत र रेडिएशन थेपारी र ब्राचिथेरापिमा सात प्रतिशत सम्मको छुट प्राप्त गर्ने सक्नेछन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।