०१ असार २०८३, सोमबार

गिरिजाप्रसादलाई कांग्रेसको  गुटले सम्झियो, संस्थापनले बिर्सियो

असार १९, २०७५
गिरिजाप्रसादलाई कांग्रेसको  गुटले सम्झियो, संस्थापनले बिर्सियो

काठमाडौं, १९ असार -नेपाली राजनीतिक शिखर पुरुष तथा नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व। गिरिजाप्रसाद कोइरालालाई पार्टीले बिर्सिएको छ । सोमबार उनको ९५औं जन्मजयन्ती पार्टी संस्थापनले बिर्सिएको हो ।  कोइरालाको जन्मजयन्तीमा पार्टी नेतृत्वले कुनै कार्यक्रम नगरे पनि १३औं महाधिवेशन पछि पार्टीभित्र तेस्रो गुटका रूपमा उदाएका नेता कृष्णप्रसाद सिटौला समूहले भने उनलाई सम्झिएको हो ।


‘गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले’ राजधानीमा गरेको कार्यक्रममार्फत सो समूहले स्वर्गीय कोइराला र उनको योगदानको खाँचो वर्तमान अवस्थामा औंल्याएका हुन् । ‘कांग्रेसले राजनीतिक मुद्दा जित्यो, निर्वाचन परिणाममा हा¥यो, अब कसो गरे उँभो लाग्ला रु’ शीर्षकमा भएको अन्तक्रियामा नेपाली राजनीतिमा स्वर्गीय कोइरालाले निभाएको योगदानको चर्चा गरिएको थियो ।

सिटौलाले मानिसको जीवनको रक्षा गर्ने लोकतन्त्र नै कोइरालाको चाहना रहेको बताए । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले राजनीतिको हरेक क्षणमा समयको तत्कालिक प्रभाव बुझ्न सक्ने खुबीका कारण गिरिजाप्रसाद सधैं चर्चामा रहेको भन्दै उनको चरित्रलाई वर्तमान पार्टी नेतृत्वले ग्रहण गर्न सक्नुपर्ने बताए ।
सिटौलाले पार्टी सभापति घरमूली भएको भन्दै नयाँ आशा र भरोसाका साथ पार्टीलाई एकताबद्ध बनाउन सभापति नै अग्रसर हुनुपर्नेमा जोड दिए ।राजधानी दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्