१७ असार २०८३, बुधबार

भीरबाट लडेर दाजुभाइको मृत्यु

कात्तिक २०, २०७४
भीरबाट लडेर दाजुभाइको मृत्यु

बैतडी, ३ फागुन - भीरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिनुभयो ।  साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ ।

दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको  विष्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो ।  घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्