२३ असार २०८३, मंगलबार

ब्राजिलले नेयमारलाई चुप लाग्न भनेपछि...

ब्राजिलले नेयमारलाई चुप लाग्न भनेपछि...

काठमाडौं, २० असार – विश्वकप फूटबल शुरू भएदेखि नेयमार आकर्षणको केन्द्रमा छन् अनि ब्राजिलले पनि उनलाई कुनै पनि किसिमका आक्रमणबाट जोगाउने निर्णय लिएको छ । 

मेक्सिकोसँगको खेलमा मेक्सिकोका खेलाडी र प्रशिक्षण दलका सदस्यहरूले नेयमारलाई अनावश्यक लडेको आरोप लगाउँदै उनलाई जोकर समेत भने । त्यस्तै पूर्वखेलाडी, प्रशंसक र टीभी कमेन्टेटरहरू पनि नेयमारको पारालाई आलोचना गर्न पछि परेका छैनन् । 

आफ्ना स्टार खेलाडीलाई खेलमा ध्यान केन्द्रित गराउन र सहज अवस्थामा राख्नका लागि ब्राजिलले नेयमारलाई चुप लाग्न भनेको छ । उनको सार्वजनिक प्रतिरक्षा प्रशिक्षक र उनका सहखेलाडीहरूले गर्ने सहमति बनेको छ । 
नेयमारका बुवाले उनका साथीहरूलाई सामाजिक सञ्जालका ट्रोलहरूबाट नभड्किन भनेका छन् । 

विश्वकपमा ब्राजिलको पहिलो खेलदेखि नै नेयमारविरुद्ध अभियान चलाइएको भनी ब्राजिली खेलाडीहरू रिसाएका छन् । ‘नेयमारले कसैलाई कुल्चेका छैनन्, उनलाई बरू अरूले कुल्चेका अनि लात हानेका छन्,’ ब्राजिली क्याम्पले दाबी गरेको छ । 

ब्राजिलले शुक्रवार बेल्जियमविरुद्ध क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

मार्का डट्कमबाट
 

salt training

कमेन्ट गर्नुहोस्