काठमाडौं, ३ फागुन — भारतको मध्यप्रदेशको बुरहानपुरको एक चर्चमा एक पादरीले ३७ वर्षीया आदिवासी विवाहिता महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले पादरीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

प्रहरी आरोपितको खोजीमा रहेका छन् ।
पादरी हनोप एलेक्जेन्डरले आफूलाई बलात्कार गरेको ती आदिवासी महिलाको आरोप छ ।
गत शनिवार मध्यराति पादरीले ती महिलालाई आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप छ । महिलाले चिच्याउँदा उनका आफन्त त्यहाँ आइपुगेका थिए । उनीहरू आएपछि पादरी मोटरसाइकल चढेर महाराष्ट्रतर्फ भागेका थिए ।
आरोपित पादरी जबलपुरको भएपनि केही वर्ष यता परिवारका साथ चर्चमा बस्दै आएका थिए । परिवार बाहिर गएको मौका पारी उनले यो कुकृत्य गरेका थिए ।
पीडित महिला चर्च परिसरमा रहेको एक आवासगृहमा परिवारको साथ बस्ने गर्थिन् ।
आजतकबाट