१० असार २०८३, बुधबार

गुफामा फसेकालाई बचाउन गएका मध्ये एक जनाको मृत्यु

गुफामा फसेकालाई बचाउन गएका मध्ये एक जनाको मृत्यु

थाइल्याण्डको एक गुफामा फसेका १२ जना किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई बचाउने कोशिशमा लागेका थाई नौसनिकका एक पूर्व गोताखोरको निधन भएको छ । 

अधिकारीहरुका अनुसार ३८ वर्षका समन गुनन हराएकाहरुलाई अक्सिजन पुर्‍याएर फर्कने क्रममा बेहोस भएका थिए । 

उनका सहकर्मीले उनलाई होशमा ल्याउन सकेनन् । समन कुननले नैसेना छोडेका थिए तर फसेकाहरुलाई बचाउने अभियानमा सहभागी हुन फर्किएका थिए । 

स्थानीय डेप्युटि गभर्नर पासाकोर्न बूनयालकले पत्रकारहरुसँग बताए, एक पूर्व सैनिक जो आफ्नो मर्जीले राहत बचाउको काममा मदत गर्न आएका थिए, राति दुई बजे उनको मृत्यु भएको हो ।’

उनको काम अक्सिजन पुर्‍याउनु थियो । तर फर्कने समय स्वयं उनीसँग पर्याप्त अक्सिजन थिएन । 

उत्तरी थाइल्याण्डको एक गुफामा बाढीका कारण १२ दिनदेखि फसेका १२ बालक र उनका फुटबल टिमका कोचलाई सुरक्षित बाहिर निकाल्ने योजनामा कामम भइरहेका छ । एक हजार भन्द धेरै मानिस उनीहरुलाई बचाउने अभियानमा लागेकाा छन् ।जसमध्ये नासेनागका गोताखोर,सैन्यकर्मी तथा आम मानिस सहभागी भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्