
काठमाडौं, २२ असार – कुनै समयमा आलिया भट्ट र कट्रिना कैफ राम्रा साथी थिए । उनीहरू सँगै जिम जान्थे ।
तर अहिले उनीहरूबीचको मित्रतामा परिवर्तन आएको छ । त्यसको कारण बनेका छन् रणवीर कपूर ।
रणवीर र आलियाको प्रेमसम्बन्धको हल्ला बलिउडभरि छाएको छ । उनीहरू दुवैले आफ्नो सम्बन्ध कबुलेका पनि छन् । कट्रिना कुनै समयमा रणवीरकी प्रेमिका थिइन् ।
समाचारहरूमा आएअनुसार, सोनम कपूरको बिहेको प्रीतिभोजमा आलिया र रणवीर एकैचोटि पुगेको भएपनि त्यतिखेर दुवैले सम्बन्धको कुरा कबुलेका थिएनन् । त्यसैले त्यतिखेर आलिया र कट्रिनाबा बीच गजबको मित्रता देखियो । तर
आलिया–रणवीरले खुलेआम प्रेम प्रदर्शन गरेपछि कट्रिना चिढिएको बुझिएको छ ।
सोनमको बिहेपछि पनि कट्रिना र आलियाको भेटघाट भएको थियो र कट्रिनाले बोल्नै चाहिनन् । आलिया चाहिँ कट्रिनालाई फकाउन भरमग्दुर कोशिश गर्दैछिन् । आलियाले प्रेम छान्लिन् कि मित्रता ?
एजेन्सी