
काठमाडौं, २२ असार – मुस्ताङमा ठूलो सडक दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको ट्रिपर दुर्घटना भएको हो । उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणमा काम गरिरहेका मजदुर बोकेको ट्रिपर घनीमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र खड्काले बताए ।
‘घटनाको विस्तृत विवरण आएको छैन, फोन सम्पर्क भइरहेको छैन,’ उनले भने, ‘उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर आउँदैछ ।’ ट्रिपर दुर्घटनामा धेरै मजदुर घाइते भएको प्रारम्भिक जानकारी मिलेको छ । घटनास्थल मुस्ताङ जिल्ला सदरमुकामबाट करीब ५० किलोमिटर टाढा पर्छ ।