३० जेठ २०८३, शनिबार

मुस्ताङ दुर्घटना अपडेट- १८ जनाको मृत्यु, उद्दारका लागि हेलिकप्टर घटनास्थल पुग्यो

मुस्ताङ दुर्घटना अपडेट- १८ जनाको मृत्यु, उद्दारका लागि हेलिकप्टर घटनास्थल पुग्यो

काठमाडौं,२२ असार मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बेनी-जोमसोम-कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेस्थित सरा‌ङमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिप्पर सडकबाट  खसेको हो । खाना खाएर कामममा फर्कने क्रममा मजदुरहरु सवार टिप्पर दुर्घटनामा परेको हो ।

दुर्घटनामा १२ पुरुष र ६ महिलाको मृत्यु भएको प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताए । उनका अनुसार १५ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

गम्भीर घाइतेको उद्दारका लागि हेलिकप्टर घटनास्थल पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्