०५ असार २०८३, शुक्रबार

माल्याको सम्पत्ति बेचेर बैंकले उठाए ९ अर्ब ६३ करोड भारु, यसरी डुबाएका थिए बैंक

असार २२, २०७५
माल्याको सम्पत्ति बेचेर बैंकले उठाए ९ अर्ब ६३ करोड भारु, यसरी डुबाएका थिए बैंक

नयाँ दिल्ली, २२ असार– बैंक डुबाएर फरार भारतीय व्यापारी विजय माल्याको सम्पत्ति लिलामीमा बैंकहरु लागेका छन् । बैंकहरुले उनको मौजुदा सम्पत्ति बेचेर ९६३ करोड भारु असुल गरेको छन् । 
स्टेट बैंक अफ इन्डियाका एमडी अरिजित बसुले शुक्रबार यसको जानकारी दिएका हुन् । बसुका अनुसार उनको लण्डमा रहेको भनिएको सम्पत्ति बारे पनि खोजतलास भइरहेको छ । 
बेलायती हाइकोर्टले माल्याको  त्यहाँ रहेको सम्पत्तिको खोजी गर्न अनुमती दिइसकेको छ । योसँगै उनको सम्पत्ति खोजेर भारतले फ्रिज गर्नेछ ।  बैंक अफ इन्डियाको नेतृत्वमा १३ भारतीय बैंकले माल्याको किङ फिसर एअरलाइन्सलाई ख्ण दिएका थिए । 
३१ जनवरी २०१४  सम्म माल्याले बैंकलाई ६ हजार ९६३ करोड भारु तिर्न बाँकी थियो । जुन २०१६ मा आइपुग्दा ९००० करोड हुन पुग्यो ।  उक्त ऋण तिर्न दवाव बढेपछि उनी विदेश भागेका थिए ।
उनीमाथि अहिले मनि लउन्डिङ केस पनि चलिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्