०१ असार २०८३, सोमबार

मुस्ताङ सडक दुर्घटनाः काँग्रेसबाट दुःख व्यक्त

मुस्ताङ सडक दुर्घटनाः काँग्रेसबाट दुःख व्यक्त

काठमाडौँ, २२ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्ताङको स्याङ्बोचे सडक निर्माणका क्रममा खटिएका मजदूर चढेको टिपर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु हुन भएकमा दुःख व्यक्त गरेका छन् । 

कांँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 
 “दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । साथै घाइतेको शीघ्र स्वाथ्यलाभको कामना गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्