
काठमाडौं, ३ फागुन – पप गायक नरेन लिम्बु अब चलचित्रको पर्दामा देखिने भएका छन् । दुर्गिश् फिल्मसको व्यानरमा बन्न लागेको चलचित्र ‘लाउरे’ मा उनी अभिनय गर्ने भएका हुन् ।
निगम श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र लाउरेमा सृष्टि श्रेष्ठ, विक्रम सिंह, मेरुना मगर, सुमन चित्रकार कलाकारको अभिनय रहनेछ ।
पप गीतमा आफूलाई स्थापित बनाइसकेका नरेन अभिनयमा पनि सफल हुन्छु भन्ने लागेर चलचित्रमा होमिएको बताएका छन् ।
काठमाडौं, धरान र दार्जिलिङमा शूटिङ हुन लागेको चलचित्रको छायांकन आलोक शुक्लाले गर्नेछन् ।
चलचित्रको यही चैत्र १५ देखि फ्लोरमा जानेछ ।