०३ साउन २०८३, आइतबार

प्रा डा केसीको उपचारका लागि चिकित्सक टोली जुम्लातर्फ

असार २२, २०७५
प्रा डा केसीको उपचारका लागि चिकित्सक टोली जुम्लातर्फ

काठमाडौँ, २२ असार –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको उपचारका लागि काठमाडौँबाट चिकित्सक टोली जुम्ला पठाएको छ । 

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रा डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै बिहीबार साँझ चिकित्सकलाई त्यसतर्फ पठाउनुभएको हो । टोलीमा डा जीवन थापा र डा सुवास सुवेदीसहितका चिकित्सक हुनुहुन्छ । टोलीले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टोली लिएर जुम्ला पुग्ने स्वास्थ्यमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो । चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा डा केसी जुम्लामा १५औँ अनशनमा हुनुहुन्छ । उहाँको स्वास्थ्यास्था गम्भीर भएपछि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ । 


चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत प्रा डा केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्किन पनि मन्त्री यादवले आग्रह गर्नुभएको छ । 

चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै उहाँले शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भइरहेको र चाँडै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्