३० जेठ २०८३, शनिबार

ब्राजिल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम ४ मा

ब्राजिल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम ४ मा

काठमाडौं– बेल्जियमसँग २–० ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ ।  शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले सुरुमै गोल खान पुग्यो ।

खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले  आत्मघाती गोल गरेसँगै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पुर्याए । 

यस्तै खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले गोल फर्काएपछि खेल थप रोमाञ्चित बन्यो ।  त्यसपछि एकपछि अर्को गर्दै बेल्जियमको पोस्टमा ब्राजिलले बल प्रहार गरेपनि बलियो डिफेन्स बाधक बन्न पुग्यो र खेल २–१ मा टुंगिदै बेल्जियम बिजयी बन्न पुग्यो । 

५ पटकको विश्व वितेता ब्राजिल र जारी विश्वकपमा फर्ममा रहेको बेल्जियमबीचको आजको खेललाई मिनि विश्वकपको रुपमा हेरिएको थियो । 

ब्राजिल मेक्सिको र बेल्जियम जापानलाई पराजित गर्दै अन्तिम ८ मा पुगेको थियो ।

अन्तिम पटक सन् २००२ को विश्वकपमा भेटिएका यी दुई टोली एकअर्कासँग १६ वर्षपछि खेल्दा  बेल्जियम विजयी बन्यो । 

यी दुई टीम यसअघि  ४ पटक आमनेसामने भएका थिए ।  त्यसमध्ये ३ पटक ब्राजिलले बाजी मार्दा १ खेल बेल्जियमले जितेको थियो । 

सन् १९६३ मा भएको शुरुवाती भिडन्तमा बेल्जियमले ५-१ ले ब्राजिललाई निराश बनाएको थियो । त्यसको २ वर्षपछि ब्राजिलले ५-० को नतिजा निकाल्दै बदला लिएको थियो । 

त्यसपछि १९९८ र २००२ मा भएका दुवै खेल ब्राजिलले २-१ र २-० ले जितेको थियो  ।

अब बेल्जियमले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।  फ्रान्स उरुग्वेलाई २–०ले हराउँदै अन्तिम ४ मा पुगेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्