काठमाडौं, ३ फागुन – सर्वोच्च अदालतले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द पोख्रेललाई काम गर्ने बाटो खोलिदिएको छ ।
सरकारले सुशील ज्ञवालीलाई वर्खास्त गरेर पोख्रेलाई सिइओमा नियुक्त गरेको थियो । त्यसपछि ज्ञवालीले आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । उनले पोख्रेललाई काम गर्न नदिन माग गर्दै अन्तरीम आदेश मागेका थिए ।
तर त्यो बेला सुनुवाई गर्दै अदालतले आदेशको आवश्यक्ता नपर्ने बताएको थियो । फेरी आज भएको सुनुवाईमा पनि अन्तरीम आदेशको आवश्यक्ता नरहेको सर्वोच्चले भनेको हो । यो संगै पोख्रेललाई काम गर्ने बाटो खुलेको छ ।
तर सर्वोच्चले सो मुद्दालाई अग्राधिकार दिन भनेको छ ।
अब यो मुद्दाको छिनोफानो नहुँदा सम्म पोख्रेलनै प्राधिकरणको सिइओ हुने छन् ।