०५ असार २०८३, शुक्रबार

संसदका महासचिवको सुविधा  मुख्य सचिवसरह !

असार २४, २०७५
संसदका महासचिवको सुविधा  मुख्य सचिवसरह !

काठमाडौं, २४ असार –संघीय संसदका महासचिवले सरकारका मुख्य सचिवसरह सुविधा पाउने भएका छन् । 

प्रतिनिधिसभाबाट हालै पारित संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ । 
कानुन्, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले विहीबार संसदमा प्रस्तुत गरेको विधेयकलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्