०९ साउन २०८३, शनिबार
प्रदेश २

प्रदेश सरकारको ध्यान सेवासुविधामै, मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब कति ?

असार २४, २०७५
प्रदेश सरकारको ध्यान सेवासुविधामै, मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब कति ?
फाइल फोटो

जनकपुरधाम, २४ असार –पटक–पटकको आन्दोलन र सयौं शहीदको बलिदानीमा आएको संघीयता र यसको जगमा बनेको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको छैन । प्रदेश नम्बर २ को सरकार संघीय समाजवादी फोरमका लालबाबु राउतको नेतृत्वमा छ ।

प्रदेश सरकारको अहिलेसम्मको गतिविधि हेर्दा यसले चुनावी वाचा र जनताको अपेक्षा पूरा गर्ने देखिँदैन । प्रदेश सरकार र जनप्रतिनिधिहरूको ध्यान आफ्नो सेवासुविधामै बढी छ ।

प्रदेश २ मा मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ प्रदेश सभाबाट पारित भई ऐनको रूपमा प्रमाणीकरण भइसकेको छ । राजपत्रमा प्रकाशित हुन भने बाँकी छ । मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रदेशसभा सदस्य लगायतको पारिश्रमिक र सेवासुविधालाई हेर्ने हो भने राज्यलाई ठूलो आर्थिक भार पर्ने देखिएको छ ।

मुख्यमन्त्रीको सेवा सुविधा

मुख्यमन्त्री लालबाबु राउतले मासिक ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । यसका अतिरिक्त उनले आवास सुविधा र फर्निचरको सुविधा भने पहिलेदेखि नै सरकारी स्तरमै प्राप्त गरिरहेका छन् । जनकपुर चुरोट कारखाना लिमिटेडस्थित मुख्यमन्त्री निवासमा उनी बसोबास गर्दै आएका छन् ।

मुख्यमन्त्री राउतले सवारीका लागि २ वटा गाडी, मासिक ३ सय लिटर इन्धन, सञ्चार सुविधावापत मासिक ३ हजार ५ सय रुपैयाँ, प्रतिमहिना बिजुली र धाराको बिलअनुसार भुक्तानी गर्न पाउने छन् ।

स्वदेशभित्र भ्रमण गर्दा दैनिक ३ हजार रुपैयाँ र विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन भत्ता पाउने भएका छन् । मुख्यमन्त्री राउतले अतिथि सत्कारबापत प्रतिमहिना २० हजार रुपैयाँ पाउने भएका छन् ।

मुख्यमन्त्रीको निजी सचिवालय

मुख्यमन्त्री राउतले आफ्नो निजी सचिवालय समेत राख्न पाउने छन् । १४ जना कर्मचारीको निजी सचिवालय रहनेछ ।

जसमा राजपत्रांकित प्रथम श्रेणीका १ जना स्वकीय सचिव, द्वित्तीय श्रेणीका एकजना स्वकीय अधिकृत, तृतीय श्रेणीका २ जना स्वकीय अधिकृत, १ जना कम्प्युटर अपरेटर, राजपत्र अनंकित प्रथम श्रेणीका १ जना प्रशासन सहायक, प्रथम स्तरका २ जना कार्यालय सहयोगी, ३ जना सवारी चालक, १ जना कुक, १ जना स्विपर र १ जना माली राख्न पाउनेछन् ।

मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा

त्यसैगरी प्रदेश सरकारका मन्त्रीहरूले मासिक ५७ हजार ७ सय ८० रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । यसका अतिरिक्त उनीहरूले आवास सुविधा र फर्निचरको सुजिधा भने पहिलेदेखि नै सरकारी स्तरमै प्राप्त गरिरहेका छन् । जनकपुर चुरोट कारखाना लिमिटेडस्थित मन्त्री निवासमा मन्त्रीहरू बसोबास गर्दै आएका छन् ।

मन्त्रीहरूले २ वटा गाडी, मासिक २ सय ५० लिटर इन्धन, सञ्चार सुविधाबापत मासिक ३ हजार ४ सय रुपैयाँ, प्रतिमहिना बिजुली र धाराको बिल अनुसार भुक्तानी गर्न पाउने छन् ।

स्वदेशभित्र भ्रमण गर्दा दैनिक २ हजार ५ सय रुपैयाँ र विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन भत्ता पाउने छन् । मन्त्रीहरूले अतिथि सत्कारबापत प्रतिमहिना १५ हजार रुपैयाँ पाउने भएका छन् ।

त्यसैगरी मन्त्रीहरूले ९ जना कर्मचारीहरूको निजी सचिवालय राख्नपाउने छन् । जसमा राजपत्रांकित द्वित्तीय श्रेणीका एक स्वकीय अधिकृत, तृतीय श्रेणीका १ जना स्वकीय अधिकृत, १ जना कम्प्युटर अपरेटर, राजपत्र अनंकित प्रथम श्रेणीका १ जना प्रशासन सहायक, प्रथमस्तरका १ जना कार्यालय सहयोगी, २ जना सवारी चालक, १ जना कुक, १ जना स्विपर राख्न पाउनेछन् ।

राज्यमन्त्रीहरूको सेवासुविधा

त्यसैगरी राज्यमन्त्रीको हकमा मासिक ५६ हजार ४ सय ९० रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । यसका अतिरिक्त उनीहरूले आवास सुविधा र फर्निचरको सुविधा भने पहिलेदेखि नै सरकारीस्तरमै प्राप्त गरिरहेका छन् । राज्य मन्त्रीहरूले आवास व्यवस्था नहुँदासम्म १८ हजार रूपैयाँ प्रतिमहिना पाउने छन् ।

राज्यमन्त्रीहरूले एउटा गाडी, मासिक २ सय २५ लिटर इन्धन, सञ्चार सुविधाबापत मासिक ३ हजार ३ सय  रुपैयाँ, प्रतिमहिना बिजुली र धाराको बिलअनुसार भुक्तानी गर्न पाउने छन् ।

स्वदेशभित्र भ्रमण गर्दा दैनिक २ हजार ५ सय रुपैयाँ र विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन भत्ता पाउने भएका छन् । राज्यमन्त्रीहरूले अतिथि सत्कारबापत प्रतिमहिना १० हजार रुपैयाँ पाउने भएका छन् । 

त्यसैगरी राज्यमन्त्रीहरूले ५ जना कर्मचारीहरूको निजी सचिवालय राख्न पाउने भएका छन् । जसमा राजपत्रांकित द्वित्तीय श्रेणीका एकजना स्वकीय अधिकृत, राजपत्र अनंकित प्रथम श्रेणीका १ जना प्रशासन सहायक, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, १ जना सवारी चालक, १ जना कुक, राख्न पाउनेछन् ।

सहायकमन्त्रीहरूको सेवासुविधा

प्रदेश सरकारका सहायक मन्त्रीले मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । सहायकमन्त्रीहरूले सवारी साधनको रूपमा १ वटा मोटर, सवारी इन्धनको रूपमा मासिक २ सय लिटर इन्धन, सञ्चार सुविधाबापत मासिक ३ हजार २ सय रुपैयाँ, प्रतिमहिना बिजुली र धाराको बिलअनुसार भुक्तानी गर्न पाउने छन् । सहायक मन्त्रीहरूले आवास व्यवस्था नहुँदासम्म १६ हजार रूपैयाँ प्रतिमहिना पाउने छन् ।

स्वदेशभित्र भ्रमण गर्दा दैनिक २ हजार ५ सय रुपैयाँ र विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन भत्ता पाउने भएका छन् । सहायक मन्त्रीहरूले अतिथि सत्कारबापत प्रतिमहिना १० हजार रुपैयाँ पाउने भएका छन् ।

त्यसैगरी सहायक मन्त्रीहरूले ४ जना कर्मचारीहरूको निजी सचिवालय राख्नपाउने भएका छन् । जसमा राजपत्रांकित द्वित्तीय श्रेणीका एकजना स्वकीय अधिकृत, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, १ जना सवारी चालक, १ जना कुक राख्न पाउनेछन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा

प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धमा वार्षिक १३ करोड रूपैयाँभन्दा बढी आर्थिक दायित्व पर्ने अनुमान छ । प्रदेशसभामा पारित भएको ऐनअनुसार सभामुखले मासिक ५९ हजार पारिश्रमिक, बैठक भत्ता प्रतिदिन रु. १ हजार पाउने भएका छन् ।

त्यसैगरी सभामुखले सञ्चार सुविधाबापत प्रतिमहिना रु.३ हजार ५ सय, निजी सचिवालय बन्दोबस्तीबापत रु. ३ हजार प्रतिमहिना, प्रतिमहिना सवारी इन्धनबापत २ सय ७५ लिटर इन्धन पाउने भएका छन् ।

त्यसैगरी बिलअनुसार बिजुली र भाडाको भुक्तानी हुने, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत रु. ३ हजार, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन सुविधा प्राप्त गर्ने भएका छन् । सभामुखले सरकार आवास पाउने व्यवस्था भएको छ । जसअनुसार सभामुख सरोजकुमार यादव अहिले प्रदेशसभा परिसरमै रहेको सरकारी आवासमा बसोवास गर्दै आएका छन् ।

सभामुखको निजी सचिवालय

त्यसैगरी सभामुखले १० जनाको सचिवालय राख्नसक्नेछन् । जसमा राजपत्रांकित प्रथम श्रेणीका १ जना स्वकीय सचिव, द्वित्तीय श्रेणीका एकजना स्वकीय अधिकृत, तृतीय श्रेणीका १ जना स्वकीय अधिकृत, १ जना कम्प्युटर अपरेटर, राजपत्र अनंकित प्रथम श्रेणीका १ जना प्रशासन सहायक, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, २ जना सवारी चालक, १ जना कुक, १ जना स्विपर र १ जना माली राख्न पाउनेछन् । सभामुख यादवले अथिति सत्कारबापत रु. १८ हजार प्रतिमहिना पाउने छन् ।

उप–सभामुख, विपक्षी दलको नेतालगायतको सेवासुविधा

त्यसैगरी उप–सभामुख, विपक्षी दलका नेता र सत्ता पक्षका सचेतकले मासिक ५७ हजार७ सय ८० पारिश्रमिक, बैठक भत्ता प्रतिदिन रु. १ हजार पाउने भएका छन् । त्यसैगरी सभामुखले सञ्चार सुविधाबापत प्रतिमहिना रु.३ हजार ४ सय, आवास सुविधाबापत २० हजार प्रतिमहिना, पाँच वर्षको लागि फर्निचरबापत एकमुष्ठ ८० हजार रूपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत रु. २ हजार ५ सय प्रतिमहिना, प्रतिमहिना सवारी इन्धनबापत २ सय ५० लिटर इन्धन पाउने भएका छन् ।

त्यसैगरी बिजुली धाराबापत प्रतिमहिना २ हजार ५ सय रूपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत रु. २ हजार ५ सय प्रतिमहिना, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन सुविधा प्राप्त गर्ने भएका छन् ।त्यसैगरी उप–सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतकले ५ जना आफ्नो निजी सचिवालय समेत राख्न पाउने भएका छन् । जसमा द्वित्तीय श्रेणीका एक जना स्वकीय अधिकृत, तृतीय श्रेणीका १ जना स्वकीय अधिकृत, १ जना कम्प्युटर अपरेटर, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, १ जना सवारी चालक, उपसभामुखले एक जना माली र एक जना स्विपर राख्न पाउनेछन् । सभामुख यादवले अथिति सत्कारबापत रु. १५ हजार प्रतिमहिना पाउने छन् ।

दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको मुख्य सचेतक र समितिका सभापतिहरूले मासिक ५६ हजार ४ सय ९० पारिश्रमिक, बैठक भत्ता प्रतिदिन रु. १ हजार पाउने भएका छन् । त्यसैगरी सञ्चार सुविधाबापत प्रतिमहिना रु. ३ हजार ३ सय, आवास सुविधाबापत १८ हजार प्रतिमहिना, पाँच वर्षको लागि फर्निचरबापत एकमुष्ठ ७० हजार रूपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत रु. २ हजार २ सय प्रतिमहिना, प्रतिमहिना सवारी इन्धनबापत २ सय २५ लिटर इन्धन पाउने भएका छन् ।

त्यसैगरी विजुली धाराबापत प्रतिमहिना २ हजार रूपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत रु. २ हजार ५ सय प्रतिमहिना, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन सुविधा प्राप्त गर्ने भएका छन् ।

दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको मुख्य सचेतक र समितिका सभापतिहरूले ४ जना आफ्नो निजी सचिवालय समेत राख्न पाउने भएका छन् । जसमा द्वित्तीय श्रेणीका एक जना स्वकीय अधिकृत, १ जना कम्प्युटर अपरेटर, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, सवारी चालक १ जना राख्न पाउनेछन् । अथिति सत्कारबापत रु. १० हजार प्रतिमहिना पाउने छन् ।

दलका प्रमुख सचेतक र सचेतकले मासिक ५३ हजार पारिश्रमिक, बैठक भत्ता प्रतिदिन रु. १ हजार पाउने भएका छन् ।

त्यसैगरीे सञ्चार सुविधाबापत प्रतिमहिना रु.३ हजार २ सय, आवास सुविधाबापत १६ हजार प्रतिमहिना, पाँच वर्षका लागि फर्निचरबापत एकमुष्ठ ६० हजार रूपैयाँ, निजी सचिवालय बन्दोबस्तबापत रु. २ हजार प्रतिमहिना, प्रतिमहिना सवारी इन्धनबापत २ सय लिटर इन्धन पाउने भएका छन् ।

त्यसैगरी बिजुली धाराबापत प्रतिमहिना २ हजार रूपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत रु. २ हजार ५ सय प्रतिमहिना, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकन डलर प्रतिदिन सुविधा प्राप्त गर्ने भएका छन् ।

दलका प्रमुख सचेतक र सचेतकले ३ जना आफ्नो निजी सचिवालय समेत राख्न पाउने भएका छन् । जसमा तृतीय श्रेणीका १–१ जना स्वकीय अधिकृत, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, सवारी चालक १ जना राख्न पाउनेछन् । अथिति सत्कारबापत रु. १० हजार प्रतिमहिना पाउने छन् ।

प्रदेशसभा सदस्यको सेवासुविधा

प्रदेशसभा सदस्यले मासिक ५२ हजार ६ सय रुपैयाँ पारिश्रमिक, बैठक भत्ता प्रतिदिन रु. १ हजार पाउने भएका छन् ।

त्यसैगरीे सञ्चार सुविधाबापत प्रतिमहिना रु.३ हजार, आवास सुविधाबापत १५ हजार प्रतिमहिना, पाँच वर्षका लागि फर्निचरबापत एकमुष्ठ ५० हजार रूपैयाँ, निजी सचिवालय बन्दोबस्तबापत रु. २ हजार प्रतिमहिना पाउने भएका छन् ।

त्यसैगरी बिजुली धाराबापत प्रतिमहिना २ हजार रूपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत रु. २ हजार ५ सय प्रतिमहिना, विदेशमा भ्रमण गर्दा २ सय अमेरिकन डलर प्रतिदिन सुविधा प्राप्त गर्ने भएका छन् । त्यसैगरी प्रदेशसभा सदस्यहरूले राजपत्राकिंत तृतीय श्रेणीका १ जना स्वकिय सचिव राख्ने पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्