
काठमाडौं, २४ असार–प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा विभिन्न संचार संस्थामा नियुक्त भएकाहरूलाई हटाएको भन्दै नेपाल प्रेस युनियनले विरोध गरेको छ ।
युनियनका महासचिव अजयबाबु सिवाकोटीले विज्ञप्ति जारी गर्दै तत्काल हटाउने निर्णय फिर्ता लिइ पूर्ववत रुपमा काममा फर्काउन माग गरेका छन् ।
ओली सरकारको निर्णयअनुसार गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्यहरू विमला भण्डारी र गोविन्द कोइराला, नेपाल टेलिभिजन संचालक समिति सदस्यका रुपमा ट्रेड युनियनका प्रतिनिधि गोविन्द धिताल, राष्ट्रिय समाचार समितिमा कर्मचारी प्रतिनिधिका रुपमा संचालक समिति सदस्य एकराज पाठक सहित अन्य संचार सम्वद्ध संस्थामा काम गर्दै आएकाहरूको पद गएको छ ।