
बुटवल, २४ असार– नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुईतिहाइको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीलाई संसदमा किन दुईतिहाइ चाहिएको हो भन्दै उनले प्रश्न गरे । रिपोर्टर्स क्लव प्रदेश ५ आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको र सच्चिन आग्रह समेत गरे ।
लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधामन्त्री ओलीलाई राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकता भर्ति गर्न खोजेको दाबि गरे । देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओलीले एकाधिकारबाद र निरकुंशताको बाटोमा हिडेको पौडेलको तर्क छ ।
प्रधानमन्त्रीले देशलाई कम्बोडीया बनाउन लागेको उनको आरोप छ । उनले भने—‘ सरकारले पछिल्लो समयमा गर्दै आएका विभिन्न कार्यहरुले यस कुरालाई पुस्टी गरेको छ’ । आफ्नो सम्बोधनको अधिकांश समय प्रधानमन्त्रीमाथि खनिन खर्च गरेका उनले प्रधानमन्त्री ओलीलाई घुडा टेकाएर छोड्ने उद्घोष समेत गरे ।
‘ सरकारले निशेधित क्षेत्र किन तोक्ने,जनता सडकमा आउदा प्रधानमन्त्रीलाइ रेल ल्याउन,ग्यासका चुला घरघरमा पुर्याउन,पानी जहाज ल्याउन कस्ले रोक्छ र ?,हिजो माओबादीलाइ जंगलमा बसेर आन्दोलन नगर,राजधानी आउन भनेर कांग्रेसले राजधानीमा बोलाएको स्मरण गर्दै अहिले सरकारले गलत काम गर्दा जनता सडकमा जनता जान नपाउने ?’
प्रधानमन्त्रीलाई अतिवाद लाद्न नदिने बताउदै नेता पौडेलले अव गाली गरेर देश विकास नहुने बताए । प्रधानमन्त्रीले भोलीको कार्यक्रममा कांग्रसलाइ के भनेर गाली गर्ने भनेर राती २ बजेसम्म नसुत्ने गरेको आफुले सुनेको उनले बताए । उनले ओलीलाइ जनताले कांग्रेसलाइ गाली गर्न मात्र प्रधानमन्त्री नबनाएको बताए ।
विकृतीको विरुद्वमा आवाज उठाएका डा गोविन्द केसीको माग सम्बोधनमा सरकारको ध्यान नगएको प्रति उनले स्वाथ्यमा सबैको पहुच स्थापना गर्नको लागि केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने बताए ।
राज्य राजधानीमा मात्रै भएको व्याक्तिको लागि नभएको तर्क गर्दे उनले विभिन्न खाले समस्या समाधानको लागि डा. केसीको माग जाहेज र ठिक भएको बताए ।