१८ असार २०८३, बिहीबार

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब नाघ्यो

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब नाघ्यो

काठमाडौं, २४ असार- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पूँजी ४ अर्ब नाघेको छ ।  नेपाली बीमा बजारमा सार्वधिक लोकप्रिय कम्पनी नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।  यो बीमा समितिले तोकेको भन्दा करिव २ अर्व ३९ करोड बढी हो ।


नेपालको बीमा बजारमा एकतिहाइ हिस्सा ओगटेको यस कम्पनीको अधिकृत पूँजी रु ८ अर्ब रुपैयाँ रहेको छ । पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बीमा कम्पनीको रूपमा रहेको यस कम्पनीको लगानी रु ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका कम्पनीले जनाएको छ । 


कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २५ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 

कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ प्राप्त गरिसकेको छ । साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डसमेत पाउन सफल भएको छ । 


कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा) बोनश दिई बीमा क्षेत्रमै सबैभन्दा  उत्कृष्ट बोनश दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ । 

ग्राहकहरूले जीवन बीमा क्षेत्रमै सर्वाधिक उच्चतम लाभ तथा सेवा सहज रुपमा प्राप्त  गरुन् भन्ने उद्देश्यले कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने  बिमित तथा अभिकर्ताहरुको यस संस्था प्रति गहिरो बिश्वास  बढ्दै गएको कम्पनीको भनाइ छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्