०६ असार २०८३, शनिबार

उत्तर कोरियाले अमेरिका लालची भएको भन्दै ग–यो निन्दा

उत्तर कोरियाले अमेरिका लालची भएको भन्दै ग–यो निन्दा

काठमाडौं, २४ असार – अमेरिकाले शनिवार भएको महत्त्वपूर्ण आणविक निःशस्त्रीकरण वार्तामा राखेको माग लालची भएको भन्दै उत्तर कोरियाले निन्दा गरेको छ । अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले यो वार्ता सकारात्मक भएको बताएपनि उत्तरको यस्तो प्रतिक्रिया आएको छ । 

अघिल्लो महिना सिंगापुरमा उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच भएको सम्झौताको भावनालाई अमेरिकाले खेदजनक रूपमा तोडेको उत्तरको भनाइ छ । 

उत्तरको परराष्ट्र मन्त्रालयले एक बयान जारी गरेर भन्यो, ‘शुक्रवार र शनिवार भएको उच्चस्तरीय वार्तामा अमेरिकी व्यवहार र दृष्टिकोण निन्दनीय थियो । अमेरिकाले निःशस्त्रीकरणका लागि एकपक्षीय र लालची माग राख्यो ।’

यसको केही घन्टाअघि पम्पिओले बैठक सफल भएको बताएका थिए तर यसका बारेमा कुनै विवरण दिएका थिएनन् । अमेरिकी सुरक्षा प्रत्याभूतिको बदलामा उत्तरले निःशस्त्रीकरणको प्रतिबद्धतालाई कसरी सम्मान गर्नेछ भन्ने कुरा पम्पिओले खुलाउन चाहेनन् । 

उनले भने, ‘यी जटिल मुद्दा हुन् तर हामीले सबै केन्द्रीय विषयमा प्रगति गरेका छौं । केही ठाउँमा राम्रो विकास भएको छ भने अन्य ठाउँमा धेरै काम हुन बाँकी छ ।’

पम्पिओले उत्तरका नेता किमका निकटवर्ती किम योङ–चोलसँग प्योङयाङमा आठ घन्टा कुराकानी गरेर शनिवार दिउँसो जापान गएका छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्