
काठमाण्डौं - चलचित्र कथा काठमाडौंको फस्टलुक पोष्टर रिलिज सार्वजनिक गरिएको छ । यो चलचित्र असोज १२ गते प्रदर्शन हुँदैछ । सार्वजनिक भएको पोस्टरमा तिन जोडीलाई देखाईएको छ ।
पोस्टरमा प्रियंका कार्की र प्रमोल अग्रहरी, संजोग कोइराला र सन्ध्या केसी र आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको जोडी देख्न सकिन्छ ।
सञ्चारकर्मी समेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्रको पटकथा पनि उनैले लेखेकी हुन् । विजय राईको निर्माण रहेको कथा काठमाडौंमा लुज सिंहको छाया“कन र मित्र गुरुङको सम्पादन छ । चलचित्र काठमाण्डौंभित्रको कथामा निर्मित रहेको बताईन्छ ।