१६ असार २०८३, मंगलबार

कंगो द्वन्द्वको कहालीलाग्दो रिपोर्ट : मान्छे मारेर खाइन्छ मासु !

कंगो द्वन्द्वको कहालीलाग्दो रिपोर्ट : मान्छे मारेर खाइन्छ मासु !

काठमाडौं, २४ असार – संयुक्त राष्ट्रसंघले मध्य अफ्रिकी मुलुक कंगोका सम्बन्धमा कहालीलाग्दो रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टअनुसार, कंगोमा खुलेआम बलात्कार र मानिसको मासु खाने हदसम्मको क्रूर अत्याचारहरू हुने गरेका छन् । 

कसई प्रान्तबाट प्राप्त विवरणअनुसार, युवकहरूलाई आफ्नै आमाको बलात्कार गर्न बाध्य पारिँदैछ । अनि सानी बच्चीहरूलाई जादूटोना गरेमा सेनाको गोलीबाट बच्न सजिलो हुने बताइँदैछ । महिलालाई सामूहिक बलात्कार वा मृत्यु रोज्नका लागि बाध्य पारिँदैछ । 

संयुक्त राष्ट्रसंघको मानवअधिकार विशेषज्ञहरूको एउटा टोलीले यो प्रतिवेदन सार्वजनिक गरेको हो । कंगोमा सशस्त्र सेना र विद्रोहीबीच चलिरहेको लडाईंमा दुवैतर्फ क्रूरता भएका छन् । नागरिकको टाउको काटिने समेत गरेको छ । 

यो रिपोर्टमार्फत मानवअधिकार टोलीले त्यहाँ संसारको ध्यान केन्द्रित हुनुपर्ने बताएको छ । 

कंगोको विद्रोहप्रभावित क्षेत्रमा अनुसन्धान गरिरहेको एक टोलीले अघिल्लो हप्ता संयुक्त राष्ट्र मनवअधिकार परिषद्लाई कंगोमा युद्धअपराध र मानवताविरुद्धको अपराधमा सबै पक्ष दोषी रहेको आशंका गरेको छ । 

टोलीको १२६ पृष्ठको प्रतिवेदनमा सरकार र विद्रोहीबीचको भयानक आक्रमणको उल्लेख छ । कंगोका मानवअधिकार प्रमुख मेरी एन्ज मुशोबेकवाले परिषद्लाई बताएअनुसार, कसईमा भएका अत्याचार बयान गर्न कुनै शब्द छैनन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्