०८ साउन २०८३, शुक्रबार

यी अंगलाई घरिघरि नछुनुस्, भइदेला हानि

कात्तिक २०, २०७४
यी अंगलाई घरिघरि नछुनुस्, भइदेला हानि

काठमाडौं — सबैलाई आफ्नो शरीर राम्रो लाग्छ । अझ केटीहरू त सुन्दरता कायम राख्न आफ्नो शरीरलाई प्रेमपूर्वक स्याहार्छन् ।


तर शरीरका कैयौं अंग कोमल र संवेदनशील हुन्छन् । यिनीहरूलाई बारम्बार हात लगाउँदा स्वास्थ्यका साथसाथै सुन्दरतामा पनि नराम्रो असर पुग्छ । यहाँ हामी शरीरका यस्ता अंगका बारेमा बताउँदैछौं जसलाई घरिघरि छुँदा तपाईंलाई हानि नोक्सानी पुग्छ ।

अनुहार
अनुहारमा क्रीम दल्दा अनि धुँदा छोइनु त सामान्य कुरा हो तर कोही चाहिँ जतिखेर पनि अनुहार सुम्सुम्याइरहेका देखिन्छन् । यसो गर्दा छालामा बिरामी गराइदिने ब्याक्टेरिया जम्छन् । हात नधोइकन अनुहार छुँदा संक्रमणको डर हुन्छ ।

मुख
एक अनुसन्धानका अनुसार मानिसहरू धेरै काम गरेर बोर भएपछि एक घन्टामा २४ चोटि मुखभित्र औंला हाल्छन् । यसो गर्दा शरीरमा एक तिहाइ रोग फैलाउने ब्याक्टेरिया पुग्छन् ।

आँखा
कोही कोही खुबै आँखा माडिरहन्छन् । यसो गर्दा आँखालाई खराब गर्ने ब्याक्टेरिया पुग्छन् । आँखामा संक्रमण हुन पुग्छ यसो गर्दा ।

कान
केही मान्छे कानमा औंला घुसाएर वा अरू कुरा छिराएर फोहोर निकालिरहन्छन् । यसो गर्दा कानभित्रको संवेदनशील झिल्ली फुट्न सक्छ ।

नाक
कोही चाहिँ जतिखेर पनि नाक कोट्याइबस्छन् । यसो गर्दा शरीरमा स्टेफाइलोकोक्कस नामक ब्याक्टेरिया जन्मिन्छ जसले संक्रमण गराउँछ ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्