१० असार २०८३, बुधबार

महालेखापरीक्षकको अधिकार झन् कमजोर

असार २५, २०७५
महालेखापरीक्षकको अधिकार झन् कमजोर

सरकारी निकाय तथा सार्वजनिक संस्थानको लेखापरीक्षण गर्ने एक मात्र सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालय (मलेपका)लाई राजसंस्थासहितको शासनकालमा भन्दा कमजोर बनाउने गरी कानुन बनाउने तयारी गरिएको छ ।
सरकारले लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा मलेपकाको अधिकार कमजोर बनाएर संसद्मा विधेयक पेस गरेको छ । संघीय संसद्को प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समेत परिसकेको विधेयकमा मलेपकालाई अन्य संवैधानिक आयोगभन्दा कमजोर बनाइएको छ ।
महालेखापरीक्षकको कार्यालय सरकारी तथा सार्वजनिक निकायमा हुने गतिविधि तथा कामको भ्रष्टाचार, अनियमितता, प्रभावकारिताबारे लेखा परीक्षण गर्ने एक मात्र संवैधानिक उच्च निकाय हो । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्