०४ असार २०८३, बिहीबार

ब्रिटेन : मन्त्री डेभिड डेभिसले दिए राजीनामा

ब्रिटेन : मन्त्री डेभिड डेभिसले दिए राजीनामा

युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन् । डेभिसको राजीनामालाई प्रधानमन्त्री टरिजा मेका लागि एउटा ठूलो धक्काको रुपमा लिइएको छ ।

प्रधानमन्त्री मेको मन्त्रिपरिषद्ले इयुसँगको भावी व्यापार सम्बन्धबारेको एउटा नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि उनको राजीनामा आएको हो । डेभिसका सहायक स्टिभ बेकरले पनि सरकार छाडेका छन् ।

प्रस्तावलाई बहिर्गमन पक्षधरहरूले ‘धेरै नरम’ भनेका छन् ।  इयुसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी मन्त्री नियुक्त भएका थिए ।

इयुबाट ब्रिटेन अलग हुनुपर्ने पक्षधर एक नेताले डेभिसको राजीनामालाई एउटा ‘सम्मानजनक र साहसिक निर्णय’ भन्दै प्रशंसा गरेका छन् । डेभिसले सही काम गरेको टिप्पणी गर्दै कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले भने, ‘बहिर्गमनबारे प्रधानमन्त्रीको नाम मात्रको प्रस्ताव स्वीकार्य छैन ।’

salt training

कमेन्ट गर्नुहोस्