बुटवल– प्रदेश ५ को प्रदेश सभा बैठक सोमबार बस्दैछ । बैठकमा प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक पेस गर्दै छ ।
‘प्रदेश नम्बर ५ प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ प्रदेश सरकारद्वारा प्रदेश सभासमक्ष दर्ता भइसकेको छ ।
आयोगले निजामती सेवा मात्र नभई प्रदेश प्रहरी, शिक्षक, प्रदेश निजामती सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षाको काम गर्ने विधेयकमा व्यवस्था गरिएको छ ।
विधेयक पारित भएपछि प्रदेश लोकसेवा आयोग गठनको बाटो खुल्नेछ ।