०८ असार २०८३, सोमबार

कांग्रेस सांसदको आरोप– सरकारले बालुवाटारलाई कारागार बनाउन खोज्यो

कांग्रेस सांसदको आरोप– सरकारले बालुवाटारलाई कारागार बनाउन खोज्यो

काठमाडौं २५ असार– विश्व संस्कृत सम्मेलनमा सभागी हुन जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति  कुलप्रसाद कोइरालाललाई विमानस्थलमा रोकेर सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसका सांसदले आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सञ्जय गौतमले सरकारले प्रधानमन्त्री निवास बालुवाटारलाई कारागार बनाउने कोशिश गरेको आरोप लगाएका हुन् । 

‘उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले अधिनायकवादी चरित्रलाई उजागर गरेको छ । सरकारले यस्तो किसिमको चरित्र रोकोस्’ गौतमले भने, ‘उपकुलपतिलाई अपमान मात्र गरिएको छैन, सरकारले सिंगो बालुवाटारलाई कारागार बनाउने कोशिश गरेको छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्