१० साउन २०८३, आइतबार

उपकुलपति कोइराला विरुद्ध परेको उजुरीको छानविन हुँदैछ– प्रधानमन्त्री

उपकुलपति कोइराला विरुद्ध परेको उजुरीको छानविन हुँदैछ– प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइराला विरुद्ध थुप्रै उजुरी परेको बताउनु भएको छ । 

उपकुलपति कोइरालामाथि परेको उजुरीको निष्पक्ष छानविन हुने प्रधानमन्त्रीले बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना सांसदहरुलाई कोइराला बारे अडान लिएर बोल्न निर्देशन दिनुभएको छ । 

स्वीकृति नलिई विदेश जान लागेका कारण उपकुलपति कोइरालाई रोकिएको प्रधानमन्त्रीले सांसदहरुलाई जानकारी दिनुभयो । ‘संकृत विश्वविद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको छ तिनको निष्पक्ष छानविन हुन्छ,’ ओलीले भन्नुभयो “अहिलेका हल्लाले यो छानविन रोँकिदैन ।” 

विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई विमान चढ्न लागेका बेला प्रहरीले प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ भन्दै बालुवाटार पुर्‍याएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपकुलपतिलाई  दुव्र्यवहार र अपमान भएको भन्दै सरकारको आलोचना गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्