१३ असार २०८३, शनिबार

राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित

असार २५, २०७५
राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री डा खतिवडाले आर्थिक विधेयक, २०७५ र राष्ट्र ऋण उठाउने विधेयक, २०७५ को प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । त्यसैगरी ऋण तथा जमानत ९२२ औँ संशोधन० विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ । 

बैठकमा सांसद अनिता देवकोटा, धनकुमारी खतिवडा, विन्दादेवी आले, प्रकाश पन्थ, जीतेन्द्रनारायण देव, बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट र रमेशजंग रायमाझीले प्रस्ताव गर्नुभएको भएको खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत ग¥यो । राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्