काठमाडौं– नेपाल र भारत जोड्ने दुईवटा अन्तरदेशीय रेलमार्ग निर्माण १४ कात्तिक २०७५ भित्र सम्पन्न गरिने भएको छ ।
सोमबार काठमाडौंमा दुई देशका सहसचिवस्तरीय छैटौं प्रोजेक्ट स्टेयरिङ कमिटी बैठकमा उक्त सहमति भएको हो ।
भारतको जयनगर हुँदै नेपालको जनकपुर–कुर्ता र भारतको जोगबनीदेखि नेपालको विराटनगर भन्सार कार्यालय जोड्ने रेलमार्ग सम्पन्न गर्न दुई देशका अधिकारी सहमत भएका हुन्।, नयाँ पत्रिकामा खबर छ ।