
काठमाडौँ–नेपाल–भारत सीमा जोडिएका पाँच वटा नाकामा रेलमार्ग निर्माण तथा सञ्चालनबारे नेपाल र भारतका रेल्वे अधिकारीबीच छलफल सुरु भएको छ ।
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले नेपाल र भारत जोडिने पाँचवटा सीमा नाकामा रेलमार्ग निर्माण तथा सञ्चालनबारे दुई मुलुकका रेल्वे अधिकारीबीच सोमबारदेखि काठमाडौँमा छलफल सुरु भएको जानकारी दिए, आजको गोरखापत्र दैनिकमा विस्तृत खबर छापिएको छ ।