
काठमाडौं– संघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्दैछ । हिजो मात्र गठन भएको समितिको पहिलो बैठक मध्यान्न १२ बजेका लागि बोलाइएको छ ।
संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि समिति गठन भएको हो । पहिलो बैठकको सभापतित्व राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्ने बताइएको छ ।
प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ गरी १५ सदस्यीय समितिमा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुन मन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।
प्राथमिकताका आधारमा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजदूतहरुको सुनुवाइ सम्बन्धित पक्षको सिफारिसका आधारमा तय गरिने समितिका एक सदस्यले बताए ।
प्रधानन्यायाधीशका लागि दिपकराज जोशीको नाम सिफारिस भएपनि समिति नबन्दा अघि बढ्न सकेको थिएन । पहिलो बैठकले उहाँको सुनुवाइ प्रक्रिया अगाढि बढाउने सम्भावना छ ।