
काठमाडौं– फिफा विश्वकपको फाइनल प्रवेशका लागि मंगलबार मध्यराती दुई युरोपियन टीम फ्रान्स र बेल्जियमबीच भिडन्त भइरहेको छ । यी टीमबीचको पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको छैटौं मिनेटमा भने फ्रान्सले गोल गरेको छ ।
फ्रान्सका सामुइलले हेडमार्फत गोल गरेका हुन् । १-० काे अवस्थामा खेल जारी छ ।