०९ असार २०८३, मंगलबार

न्यायाधीशसहित ९ जना विदेश जाँदा सरकारले पत्तै पाएन

असार २७, २०७५
न्यायाधीशसहित ९ जना विदेश जाँदा सरकारले पत्तै पाएन

काठमाडौं-चालु आर्थिक वर्ष सकिन लाग्दा सर्वोच्च अदालत र मेलमिलाप परिषद्को टोली विदेश हुइकिएको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको नेतृत्वमा ९ सदस्यीय टोली जर्जिया गएको हो ।

उक्त टोलीमा उच्च अदालतका न्यायाधीश केशव जोशी, सर्वोच्चका मुख्य रजिष्ट्रार राजन भट्टराई, सहरजिस्ट्रार नारायण पन्थी, जिल्ला न्यायाधीश अर्जुन अधिकारी, शाखा अधिकृत सुवर्णप्रसाद खनाल, परिषद्का मात्रीका निरौला, सरीता श्रेष्ठ, गीता शर्मा रहेका छन् । 

कानुन न्याय तथा संसदीय मामीलामन्त्री शेरबहादुर तामाङले यसबारे आफूलाई जानकारी नभएको नेपाल जानकारी दिए । उनले भने– ‘सरकारको पूर्व स्वीकृत लिनुपर्ने हो । हामीलाइ जानकारी छैन । उहाँहरू आएपछि कुरा हुन्छ ।’

उक्त टोली परिषद्को बार्षिक कार्यक्रमबाट स्विकृत ४० लाख रुपैंया बजेटमा टेकेर असार २८ गतेसम्मका लागि जर्जिया गएको हो । उक्त भ्रमणका क्रममा प्लेन टिकट बाहेक १३ लाख रुपैंया खर्च हुनसक्ने समाचार स्रोत बताउँछ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्