
सुपरस्टार रजनीकान्त तथा अक्षय कुमार स्टारर फिल्म २.० को रिलिज मिति घोषणा भएको छ । फिल्म का निर्देशक एस शंकर तथा अभिनेता अक्षय कुमारले ट्वीट गरेर यसको घोषणा गरेका हुन् ।
ट्रेड एनालिस्ट रमेश बालाले पनि ट्वीट गरेर एक जानकारी दिएका छन् । उनका अनुसार २३ वर्षपछि फेरि एकपटक रजनीकान्तको २ फिल्म एक साल रिलिज हुन लागेका छन् ।
रजनीकान्तको फिल्म काला यस साल ७ जुनमा रिलिज भएको थियो । अब उनको फिल्म २.० यसै साल २९ नोभेम्बरमा हुने समाचारहरु सार्वजनिक भएको छ ।
१९५५ मा रजनीकान्तको भाषा र मुथु नामक दुई फिल्म एकै वर्ष रिलिज भएको थियो ।