२१ जेठ २०८३, बिहीबार

प्रदेश ५ का मुख्यमन्त्री भन्छन्- कानून निर्माणलाई तीव्रता दिएका छौं

प्रदेश ५ का मुख्यमन्त्री भन्छन्- कानून निर्माणलाई तीव्रता दिएका छौं
फाइल फोटो

बुटवल –मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन् ।

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा. रुरिक मार्सदेनसंगको भेटमा उनले भने, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।” 

मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गरे ।

डिएफआइडीका प्रमुख डा मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ,' भने ।

salt training

कमेन्ट गर्नुहोस्