२३ जेठ २०८३, शनिबार

मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारी निलिम्बत

असार २७, २०७५
मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारी निलिम्बत

काठमाडौँ–कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनालले आफू कार्यभार सम्हालेयता मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारीलाई निलम्बन गरिएको बताएका छन् । 

आज कलंकीस्थित मालपोत कार्यालयको अनुगमनका क्रममा मन्त्री खनालले जनसरोकारका कार्यमा अनियमितता गरेका तत् कार्यालयका कर्मचारीलाई कानूनी प्रक्रिया पूरा गरेर दण्डित गरिने बताए । 

भ्रष्टाचारको अखडाका रुपमा मालपोत र नापी कार्यालयको सर्वसाधरणमा नकारात्मक सन्देश गएको बताउँदै उनले त्यहाँबाट प्रवाह गरिने सम्पूर्ण सेवा तथा कार्यसम्पादनलाई सेवाग्राहीको सुविधा र सहजतासँग जोड्न कर्मचारीलाई निर्देशन दिए ।  

सेवा लिन आएका सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री खनालले कार्यालयमा विचौलियाको गतिविधिलाई न्यून गर्न सिसी क्यामेराको जडान गरी सेवा छिटो, चुस्त र प्रभावकारी ढंगले दिन र कार्यसम्पादनको व्यवस्थित अभिलेख राखी बैंकिङ प्रणालीबाट कारोवार गरेर कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउन कर्मचारीसँग आग्रह गरे । 

सोही मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उक्त कार्यालयमा लेखापढी व्यवसायीमार्फत ल्याइने काम चाँडो हुने गरेको गुनासो आएकाले त्यसप्रति सजग भई न्यायिक ढंगले कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । 

कार्यालय प्रमुख नवीनकिशोर अधिकारीले मन्त्रालयले जारी गरेको परिपत्रअनुसार कार्यसम्पादन भइरहेको जानकारी दिँदै कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्