

प्रेम दिवसका अवसरमा श्रीमान्/ श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा गएका भए पनि श्रीमती कार्लोस भने सगरमाथाको तेस्रो शिविरमा पुगेपछि बिरामी परेर फर्केकी थिइन् ।
भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण गर्नु खतरनाक मानिन्छ । यही समयमा साहसिक काम गर्ने भन्दै स्पेनिस जोडी सेभेन समिट एजेन्सीमार्फत अरोहणमा गएको सेभेन समिटका प्रबन्धक निमेष कार्कीले जानकारी दिनुभयो ।
उनीहरुकै लागि सरकारको सम्पर्क अधिकृतका रुपमा आएका पुरातत्व विभागका अधिकृत पदमजङ्ग राईको गत पुस २७ गते आधार शिविर नजिकै हाई अल्टिच्युड (लेक लाग्ने) का कारण मृत्यु भएको थियो । रासस