काठमाडौं, ४ फागुन — जीवनमा सुखसुविधा पाउनका लागि लक्ष्मीसहित सबै देवीदेवताहरूलाई प्रसन्न बनाउनु जरूरी हुन्छ । शास्त्रहरूमा देवी लक्ष्मीको कृपा पाउनका लागि सात साधन बताइएका छन् । जानौं यी साधन कुन कुन हुन् ?

धैर्य धारणकुनै पनि काममा स्थायी सफलता पाउनका लागि अन्तिम समयसम्म धैर्य गर्नु आवश्यक हुन्छ । अधैर्य भएर हतपताउन थाल्दा असफल हुने सम्भावना बढेर जानछ ।
क्रोध नगर्नेक्रोधले जसलाई पनि नोक्सान नै गर्छ । रिसाहा व्यक्तिको जीवनमा अनि घरपरिवारमा शान्ति हुँदैन । अशान्ति भएको ठाउँमा नै दरिद्रताको वास हुन्छ । लक्ष्मीको कृपा चाहनुहुन्छ भने क्रोध नगर्नुस् ।
इन्द्रियलाई वशमा राख्नेपाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियलाई वशमा राख्नुपर्छ । यिनीहरूको सही नियन्त्रणले नै समय समयमा आउने समस्यालाई समाधान गर्न सकिन्छ ।
पवित्रतामन र शरीरको पवित्रता बनाउने मानिसलाई लक्ष्मीको प्रसन्नता प्राप्त हुन्छ । मनको पवित्रता राम्रो विचारबाट मात्र आउँछ भने शरीरको पवित्रता सफा बसेर आउँछ ।
दयागरीब र दीनदुःखीहरूमाथि दयाभाव राख्नुपर्छ । समय समयमा यस्ता मानिसलाई आफ्नो गच्छेअनुसार सहायता गर्नुपर्छ ।
सरल र मीठो वचनघरपरिवार र समाजमा सधैं मीठो वचन प्रयोग गर्नुपर्छ । जानीनजानी कसैको मन दुखाउने वाणी बोल्नु हुँदैन ।
साथीसँग द्वेष नराख्नेमित्र तथा शुभचिन्तकहरूसँग द्वेषभाव राख्नु हुँदैन । अर्कालाई घृणा गर्ने मानिसको घरमा कहिल्यै लक्ष्मीको वास हुँदैन ।
यी सात कुरालाई ध्यान दिनुभयो भने देवी लक्ष्मीको कृपा बर्सिउर तपाईं धनी हुन सक्नुहुनेछ ।
दैनिक भास्करबाट