२६ असार २०८३, शुक्रबार

तस्वीरमा हेर्नुस् राजधानी उपत्यकाको डुबान

तस्वीरमा हेर्नुस् राजधानी उपत्यकाको डुबान

भक्तपुर-  गए रातिदेखि परेको भीषण वर्षाका कारण राजधानी उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । भत्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । 

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । 

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । 

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । 
यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । 

तस्वीरमा यस्तो देखिएको छ डुबान ।

तस्वीर : विष्ट भाइको फेसबुकबाट
 

salt training

कमेन्ट गर्नुहोस्