काठमाडौं- बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित देशैभरको जनजीवन प्रभावित भएको छ । वर्षापछि घरमाथिबाट ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिमा अरनिको राजमार्गस्थित राधेराधे र भाटभोटेनी सुपर मार्केट क्षेत्रका बस्ती डुबानमा परेका छन् ।
यस्तै निरन्तर परिरहेको बर्षाका कारण बनेपाको पुल बजारस्थित पुन्यमाता खोलामा आएको बाढीबाट काभ्रेपलाञ्चोकको बनेपा बजार पनि डुवानमा परेको छ ।
तस्वीरमा हेर्नुहोस् विभिन्न स्थानमा भएको डुबान । तस्वीरः रासस