०५ असार २०८३, शुक्रबार

शाहरुख खान ठूलो समस्यामा, रेलमा क्षति पुर्‍याएको भन्दै प्रहरी अनुसन्धान

कात्तिक २०, २०७४
शाहरुख खान ठूलो समस्यामा, रेलमा क्षति पुर्‍याएको भन्दै प्रहरी अनुसन्धान
फिल्म अभिनेता शाहरुख खानको लागि नयाँ समस्या उत्पन्न भएको छ ।

पहिला फिल्म रईसको प्रमोशनको दौडधुपका क्रममा रेलवे स्टेशनमा भएको हंगामा तथा एक युवकको मृत्युको विषयमा चर्को विरोध भएको छ । चर्को विरोधपछि अदालतको आदेशमा राजस्थानको जीआरपी चौकीले शाहरुख खानको विरुद्ध केस दर्ता गरेको छ । यो मामला पनि फिल्म रईसको प्रमोशनसँग जोडिएको छ ।

शाहरुख खान फिल्म रईसको प्रमोशनको लागि मुम्बई बाट दिल्लीसम्म रेल यात्र गर्दै थिए । यसैबीच स्टेशनमा प्रशंसकको अभिवादन गरे । यस क्रममा कोटा रेल्वे स्टेशनमा शाहरुख खान पुगे त्यहाँ १० मिनेट रेल रोकिएको थियो । उनले बेलुन, तथा अन्य बस्तु आफ्ना समर्थक तर्फ फाकेका थिए ।

रेल स्टेसनमा धेरै भीड थियो । जसका कारण हंगामा भयो । जसका कारण प्रहरीले लाठी चार्ज गर्न परेको थियो । जसका कारण एक खाद्य उद्योगसमेत प्रभावित भएको थियो ।

त्यस्तै रेलमा रहेको समानसमेत विग्रिएको थियो । शाहरुख खानका कारण यी सबै समस्या भएका भन्दै रेलका चालकले रेल कम्पनीमा उजुरी दिएका थिए । यसकै आधारमा त्यहाँको अदालतले यसबारे अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्