०४ असार २०८३, बिहीबार

सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश

असार २९, २०७५
सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश

काठमाडौं–शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएको राजनीतिक नियुक्ति उल्टाउने क्रममा पदमुक्त भएका दुई पदाधिकारीहरुलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निक्षेप कर्जा सुरक्षा कोषका प्रमुख कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्च अदालतले मिश्रको निवेदनमा साउन २ र झाको निवेदनमा साउन ३ गते छलफलका लागि बोलाउने आदेश गर्दै त्यतिञ्जेलका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्